आज बलिउड सदाबहार अभिनेत्री रेखाको जन्मदिन



काठमाडौं : बलिउड अभिनेत्री रेखाको आज ६६ औँ जन्मदिन ! संसारका सुन्दर अभिनेत्रीहरुमा रेखा एक हुन् ।

उनको व्यक्तिगत जीवनका विषय पाय : चर्चाको विषय बन्ने गर्छ । रेखाको जिवनमा अहिलेसम्म धेरै कहानी रहेको छ । उनी उनको माता पिताको विवाह नहुँदै जन्मिएकी थिइन् । उनी मोटोपनका कारण निकै मजाकको पात्र बनेकी थिइन् ।

उनले घर खर्चको लागि सानै उमेरदेखि काम गरिन् । यति मात्र होइन रेखाको प्रेमसम्बन्ध, विवाह र विशेष गरी उनले लगाउने सिन्दुरले निकै चर्चा पाइरहन्छ । रेखा सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपूर र नितुको विवाहमा गएकी थिइन् ।

उनले कोसँग कहिले विवाह गरिन् कसैलाई केही थाहा नै भएन । उनले जब सन् १९८० जनवरी २२ मा नितु र ऋषिको विवाहमा सिन्दुर लगाएर पुगिन् तब सबैलाई आश्चर्यमा पारिदिइन् । उक्त घटनाअघि रेखा र अमिताभको प्रेमसम्बन्धको बारेमा निकै चर्चा परिचर्चा थियो ।

धेरैले रेखा र अमिताभको सम्बन्धलाई लिएर विभिन्न अड्कल गर्ने गर्थे । उक्त विवाहमा अमिताभ र उनकी पत्नी जया पनि उनीहरुको मातापितासँग थिए । जया रेखालाई देखेर निकै आश्चर्यमा परेकी थिइन् । एजेन्सी

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्