जसपा कार्यकारिणी समितिको बैठक कार्तिक ३ र ४ गते



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कार्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।

प्रकाशित :२४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्