मैथिली साहित्यकार सभाको निर्णय-५ विधामा सम्मान गर्ने



जनकपुरधाम : मैथिली साहित्यकार सभाले विभिन्न ५ विधामा सम्मान वितरण गर्ने निर्णय गरेको छ । मैथिली साहित्यकार सभाद्धारा गठित सम्मान चयन समितिको आज (शनिबार) बसेको बैठकले सम्मान वितरण गर्ने निर्णय गरेको हो ।

२०७७ सालका लागि मैथिली लेखक, साहित्यकार, अनुवादक, अभियानीलाई सम्मान वितरण गर्न लागिएको मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनले जानकारी दिएका छन् । समितिका संयोजक रामाशीष मण्डल एवं सदस्यद्धय अरविन्द कुमार यादव तथा राजेन्द्र लाल कर्णले संस्थाद्धारा बनाइएको सम्मान सम्बन्धी कार्यविधि २०७५ अनुसार सम्मान वितरण गर्ने निर्णय गरिएको बताए ।

ज्सअनुसार ज्योतिरिश्वर साहित्य सम्मानका लागि वरिष्ठ साहित्यकार डा.रेवतीरमण लाल, ग्रिभर्सन गवेषणा सम्मानका लागि वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, बद्री अनुवाद साहित्य सम्मानका लागि चन्द्रकान्त झा, पाथेय युवा साहित्य सम्मानका लागि नागेश्वर मण्डल एवं मैथिली साहित्यकार सभा सम्मानका लागि अनिल कुमार कर्णलाई चयन गरिएको मैथिली साहित्यकार सभाका कार्यपाल अरविन्द कुमार यादवले जानकारी दिए ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्