नाकाबन्दी गर्ने बैरीलाई नछोड्ने काेरियाली नेताको चेतावनी



जेन्सी: उत्तर कोरियाका प्रभावशाली नेता किम जोङ उनले आफ्नो देशमाथि नाकाबन्दी लगाउने कसैलाई पनि नछोड्ने बताएका छन् । फेब्रुअरी महिनामा अमेरिकासँग भएको असफल वार्तापछि पहिलो पटक नेता उनको यस्तो प्रतिक्रिया आएको हो ।

नेता किमले उत्तर कोरिया आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको भन्दै नाकाबन्दी लगाउनेहरुलाई कडा जवाफ फर्काउने चेतावनी दिएको त्यहाँको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । ‘नाकाबन्दीले हामीलाई घुँडा टेकाउन खोज्ने बैरीलाई कडा जवाफ दिने छौं’, उनलाई उद्धृत गर्दै केसिएनए लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्