प्रहरी हवल्दार घूससहित पक्राउ



नेपालगन्ज : बाँकेमा प्रहरीका हवल्दार घूससहित पक्राउ परेका छन् ।

ख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

काठ स्थानान्तरणमा सहजिकरणका लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्ड स्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्