अमेरिकका विभिन्न ठाउँमा शंकास्पद पार्सल फेला, बम भएकाे प्रहरी अधिकारीकाे पुष्टि



एजेन्सी : मंगलबार क्लिन्टनको न्युयोर्कमा रहेको घरको ठेगाना लेखिएको पार्सल भेटिएको थियो भने वासिङ्टनस्थित ओबामाको घरको ठेगाना लेखिएको पार्सल बुधबार भेटिएको थियो ।

 

अन्य केही डेमोक्र्यााटिक नेताहरूको ठेगानामा पठाइएका ८ वटा त्यस्ता बिस्फोटक पदार्थ रहेका पार्सल प्रहरीले नियन्त्रणमा लिएको हो । न्यूयोर्क, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनको ठेगानामा बिस्फोटक पदार्थ राखेर पठाइएका पार्सलहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पाइप बम राखेको पार्सल अमेरिकी टेलिभिजन संस्था सीएनएन, न्यूयोर्क ब्युरो कार्यालयमा पनि पुगेको थियो । अमेरिकाको संघीय जाँच ब्युरोले आतंकवादीहरूले बिस्फोटक पदार्थ हालेर पार्सल पठाएको हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।

 

बाँकी पार्सल सम्बन्धित व्यक्तिसम्म नपुग्दै नियन्त्रणमा लिइएकाले कसैलाई कुनै क्षति भने भएको छैन । नोभेम्बर ६ मा संघीय संसदको चुनाव हुन लागेको अमेरिकामा बिस्फोटक पदार्थ भरिएका पार्सल भेटिएपछि राजनीति तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्