प्रदेश २ मा शनिबार ६३ नयाँ संक्रमित थपिए, ८४ जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १० महिला र ५३ पुरुष सहित ६३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने ८४ जना डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या १४ हजार १ सय २० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका ८४ जना अस्पतालबाट डिस्चार्ज भई आ–आफ्नो घर फर्केका छन् ।

आज यस प्रदेशमा पर्सामा ३३, सिरहामा ७, सर्लाहीमा ६, रौतहटमा ६, बारामा ४, धनुषामा ५ र महोत्तरीमा २ जना संक्रमित भएका छन् । प्रदेशमा शनिबारसम्म ११ हजार ८ सय ८६ पुरुष र २ हजार २ सय ३४ महिला गरि जम्मा १४ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा शनिबार ६३ जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

त्यस्तै शनिबार डिस्चार्ज हुनेहरुमा सप्तरीका ८, बाराका ६१ र पर्साका १५ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ हजार ९३, सिरहाका ७ सय ५, धनुषाका १ हजार ६ सय ९७, महोत्तरीका १ हजार ६८, सर्लाहीका १ हजार ८ सय ६, रौतहटका १ हजार ६ सय ७१, बाराका १ हजार २ सय ४७ र पर्साका २ हजार ४ सय ९७ गरि ११ हजार ७ सय ८४ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा १८ हजार ४ सय ६४, सिरहामा १० हजार ७ सय ८१, धनुषामा १४ हजार ८ सय ९६, महोत्तरीमा ७ हजार ६ सय ७७, सर्लाहीमा १३ हजार ६ सय ३३, रौतहटमा २३ हजार १९, बारामा ११ हजार ९ सय ५७ र पर्सामा २६ हजार ६ सय २६ गरि जम्मा १ लाख २७ हजार ५३ जनाको स्वाब परिक्षण गरिएकोमा १४ हजार १ सय २० जना संक्रमित भएका छन् भने १ लाख ११ हजार ३ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ सय ३०, सिरहामा २ सय ४, धनुषामा १ सय २५, महोत्तरीमा २ सय ५०, सर्लाहीमा ७१, रौतहटमा १ सय ५६, बारामा २ सय ८५ र पर्सामा ३ सय ५० गरि कुल १ हजार ५ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय २३, सिरहामा १ सय ८८, धनुषामा २०, महोत्तरीमा ७४, रौतहटमा ६ र पर्सामा ४१ गरि ४ सय ५२ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले १ सय ६० जनालाई राखिएको छ भने १ हजार ३ सय जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ६२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ६३, सिरहामा ६ सय ११, धनुषामा ११, महोत्तरीमा ४, सर्लाहीमा १८, रौतहटमा ३, बारामा ९ र पर्सामा ४५ गरि ७ सय ६४ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ५९, सिरहामा ७३, धनुषामा २ सय ७४, महोत्तरीमा ३ सय ६३, सर्लाहीमा १ सय १, रौतहटमा २ सय ३७, बारामा ८० र पर्सामा १ सय ३८ गरि १ हजार ४ सय २५ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ७ सय ३५ जना संक्रमित भएका छन् । धनुषामा २ हजार, रौतहटमा १ हजार ९ सय ८३, सर्लाहीमा १ हजार ९ सय ३४, महोत्तरीमा १ हजार ४ सय ५०, बारामा १ हजार ३ सय ५४, सप्तरीमा १ हजार ३ सय ३४ र सिरहामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २५ महिला र १ सय २२ पुरुष गरि १ सय ४७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४५, सप्तरीमा १९, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १५, सर्लाहीमा ९, रौतहटमा ७ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्