कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण वैशाख १२ देखि



सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ ।    

आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ । एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले सहभागिता जनाउने भएका छन् ।   

आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ । केपीएलको पहिलो संस्करण गत वर्ष सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्