धनगढीमा एक कोरोना संक्रमितको मृत्यु



धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार राति ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-३ का ती पुरुषको शनिबार राति २ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

असोज २० गते कोरोना पुष्टि भएका उनी अस्पतालमा २३ गते भर्ना भएका थिए । कलेजोमा समस्या भएका संक्रमितलाई शनिबार राति श्वासप्रश्वासमा समस्या भएको थियो ।

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मामा दिने भएको छ । योसँगै सेती अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अस्पतालमा अहिले २५ जना भर्ना भएका छन् । जसमध्ये २ जना आईसियूमा छन् ।

सरकारले सुदूरपश्चिम प्रदेशको सेती अस्पताललाई कोरोना संक्रमितको लागि लेबल २ को रिफर अस्पतालको रुपमा तोकेको छ ।

प्रकाशित ः २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्