कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको जनाएको हो ।

शाहीले पार्टीका काम कारबाही प्रभावकारी रुपमा गर्न नसकेको र जनताकाबीचमा सरकार लोकप्रिय बन्न नसकेको आरोप छ । मुख्यमन्त्रीको कार्यशैलीविरुद्ध नेकपा सांसदहरु असन्तुष्ट छन् ।

शाहीविरुद्ध नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । मुख्यमन्त्रीविरुद्ध सांसदहरु यामलाल कँडेल, चन्द्र बहादुर शाही, करविर शाही, कर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमरा थापा, मिना सिंह राणासहित १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्