
जनकपुरधाम : धार्मिक र लोक आस्थाको पर्व चैते छठको रौनक जनकपुरलगायत मिथिलाञ्चल क्षेत्रमा आज देखिएको छ । जनकपुरको ऐतिहासिक गंगासागर पोखरीलगायत विभिन्न पोखरीमा चैते छठ पर्व धूमधामका साथ मनाइँदै छ ।
छठ पर्वका लागि अहिले पोखरीहरूमा टेन्ट टाँगेर पूजा स्थल बनाइएको छ । जनकपुरमा व्रतालुहरू छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न व्यस्त देखिएका छन् ।
आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । आज साँझ जनकपुरको गंगासागर र अङ्गराज सरसहितका विभिन्न जलाशयहरूमा छठ पर्व मनाउने तथा हेर्ने दर्शनार्थीहरुको विशेष घुइँचो लाग्नेछ ।