आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिसलाई



काठमाडौं : आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ। टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३–२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३–० ले पराजित गरेपछि पुलिस २–० ले अघि बढेको थियो। तेस्रो खेलमा पुलिसकी मन्जु सुवाल एपिएफकी सिक्क सुवालसँग ३–१ ले पराजित भएपछि एपिएफले पुनरागमन गर्ने सम्भावना देखिएको थियो।

तर, राष्ट्रिय च्याम्पियन नविताले सेलिषालाई ३–१ ले पराजित गर्दै समग्रमा पुलिसको जित सुनिश्चित गरिन्। पुलिसले यसअघि पनि महिलातर्फ स्वर्ण हासिल गरेको थियो। पुरुष टिम इभेन्टतर्फ भने फाइनल खेल दिउँसो ३ बजे हुनेछ। स्वर्णका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्दैछन्।

प्रतिक्रिया दिनुहोस्