सिरहामा जनमत पार्टीले सभा गर्दै, सिके राउतले सम्बोधन गर्ने



जनकपुरधाम : सिरहामा जनमत पार्टीले पहिलो सभा गर्न लागेको छ । सिरहाको मिर्चैयामा चैत ३० शनिवार हुने सभालाई पार्टीका संयोजक सिके राउतले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा बृहत् सभा आयोजना गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य राजकुमार यादवले जानकारी दिए ।

देश विखण्डनको मुद्दा त्यागेर स्वतन्त्र मधेस गठबन्धनले नेपाल सरकार सँग ११ बुँदे सहमति गरे पछि जनमत पार्टी गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्