अब प्रदेशकै नामबाट नम्बर प्लेट



काठमाडौं : दसैंअघि बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । 

 

अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

 

नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ ।

 

प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ । अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ ।

 

यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ ।

 

यस्तो सवारी समूह जनाउने अंक आवश्यकतानुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै, सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ । प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानुपर्नेछ ।

 

उदाहरणका लागि प्रदेश नम्बर ३ को क्रमसंख्या ०१ भएको कुनै सवारी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने पहिलो समूहको (०००१ देखि ९९९९ भित्रको) ११११ दर्ता नम्बरको निजी मोटरसाइकलको नम्बर प्लेट यस्तो हुनेछ । 

 

अाजकाे राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्