धादिङमा गुडिरहेको बसमा आगो लाग्यो



धादिङ : थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । बिहान ३ बजे थाक्रे गाउँपालिका १ ढांडे सिम्लेमा ना ५ ख ६९० नं.को बसमा आगो लागेको हो ।

बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक बसमा आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । आगो दमकलको सहयोगमा निभाइएको प्रहरीको भनाइ छ ।

आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्