सुदूरपश्चिमका ३ विमानस्थलमा नियमित उडान हुँदै



धनगढी ः करिब २ दशकदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित उडान हुने भएको छ ।

विमानस्थलको स्तरोन्नति पछि सुदूरका तीन विमानस्थलमा धनगढीबाट नियमित उडान हुने भएको हो । बझाङमा हप्ताको २ दिन उडान हुने छ । मंगलबार र शुक्रबार बाजुरामा एकदिन शुक्रबार र बैतडीमा हप्ताको एक दिन मंगलबार उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यी सबै उडान समिट एयरले धनगढीबाट गर्ने छ । लामो समयदेखि उडान बन्द रहेका यी विमानस्थलको स्तरोन्नति गरेर हालै मात्र परीक्षण उडान गरिएको थियो ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्