नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा.पटेलको मृत्यु



काठमाडौं : नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा.पन्नालाल पटेलको मृत्यु भएको छ ।

उनको आइतबार दिउँसो ३ः४५ बजे दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा.उदय सिंहका अनुसार डा.पटेल विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएका थिए ।

उनलाई ३ दिन अगाडी एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनलाई सेप्सीसका कारणले मृत्यु भएको बताएको छ ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्