मेडिकल कलेजको शुल्क विवादबारे संसदीय उपसमितिमा छानबिन सुरू



काठमाडौं : मेडिकल कलेजको शुल्क विवादबारे संसदीय उपसमितिमा छानबिन सुरू भएको छ । स्वास्थ्य समितिअन्तर्गत सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले छानबिनको काम सुरु गरेको हो ।

उपसमितिले बिहीबार सम्बन्धित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई कलेजले मर्का पर्ने गरी कुनै क्रियालकलाप गरेको भए पत्राचार गर्न आव्हान गरेको छ ।

उपसमितिले सार्वजनिक सूचना निकालेर मेडिकल कलेजले लिइरहेको शुल्कलगायतका विषयमा कुनै गुनासो वा उजुरी भए १५ दिन भित्र पठाउन भनेको छ । मेडिकल कलेजहरुले बढी शुल्क लिएको भए विद्यार्थी, अभिभावक, जनप्रतिनिधि वा अन्य सरोकारवालाहरुले उपसमितिसमक्ष उजुरी दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्