राजश्व छली गरेको आरोपमा ३ व्यवसायीविरुद्ध मुद्दा दायर



काठमाडौं : प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व विभागले करिब २ अर्ब रुपैयाँ राजश्व छली गर्ने फर्मका ३ व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न तथा कम्पनीका मालिकविरुद्ध गैरकानुनी रुपमा राजश्व छली तथा चुहावट र कारोबार गरेको भन्दै १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैयाँ बराबरको बिगो र कारवाहीको माग गरी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

विभागका अनुसार हाइटेक इन्टरनेशनलले भन्सार चोरी पैठारी गरिएको मालवस्तुको गैरकानुनी रुपमा भुक्तानी गरी मुद्रा अपचलन गरेको आरोपमा कम्पनीका संचालक हरिकुमार श्रेष्ठलाई १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १ सय ११ विगो असुल उपर गरी बिगोको तीन गुणासम्म जरिवाना र ३ वर्ष कैद सजायसमेत माग गरी मुद्दा दायर भएको छ ।

उनले मालवस्तुको यथार्थ कारोवार नदेखाई यथार्थ र वास्तविक कारोवारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावटसमेत गरेको आरोप छ । त्यस्ता चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीका लागि बैंकको स्वीकृती समेत नलिई गैरकानूनी रुपमा अवैध किसिमले विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा उनलाई उक्त बिगो रकम र जेल सजायँ माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

प्रकाशित :२६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्