हमालको ‘जातको प्रश्न’ विवादमा, यसो भन्छन् उनका समर्थक



काठमाडौं– समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ यति बेला विवादमा तानिएको छ ।

क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम भएको भन्दै सामाजिक सञ्जालमा कार्यक्रमको चर्को विरोध भइरहेको छ । केहीले ईसाईकरण गर्नको लागि उक्त कार्यक्रम बनाएको पनि आरोप लगाएका छन् ।

उक्त कार्यक्रमको प्रस्तोता अभिनेता राजेश हमाल हुन् । हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै उनी पनि आलोचित बनिरहेका छन् ।

नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि उक्त कार्यक्रम साउन १७ गते बाट प्रशारणमा आएको थियो । अहिलेसम्म ११ वटा एपिसोड प्रशारणमा आइसकेको छ ।

महानायक हमाल पनि निसानामा परेका छन् । उनलाई यतिबेला जस्तो व्यक्तिले इसाइ मेसिनरिको मोहर बनेर डलरमा विकेको आरोप लागिरहेको छ । यस्तो अबस्थामा उनलाई महानायक भन्न नसकिने तर्क पनि भइरहेको छ ।

सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका छन् ।

केहीले विरोध गरिरहँदा उनको समर्थकहरू भने उनको पक्षमा उभिएका छन् ।

एक समाजिक सञ्जात प्रयोग कर्ता लेख्छन्– जातको प्रश्न कहाँ कुन संस्थाले चलाएको हो त्यो चाहि मलाई त्यत्ति थाहा भएन,तर कार्यक्रम भने शुरुआत देखि १३ वटा एपिसोडहरु मैले पनि नबिराइ हेरिसके तर त्यहा भित्र महानायक राजेश हमालले कतै पनि इसाई क्रिश्चियनको प्रचार गर्दै हिन्दुको डोमिनेट गरेको पाइएन कारण उ आफै पनि हिन्दु भित्रकै हुने । कमेन्ट हेर्दा शुरुआतमा सबैले स्विकार्दै आइरहेका थिए तर जब एपिसोड १० मा साहित्यक लेखक तथा राजनीतिका महान बिश्लेषक बिश्व भक्त दुलाल आहुतीले ३००० वर्ष पहिले चाण्डल युवतिको पालादेखिको छुवाछूत व्यवस्था र अहिलेको बर्तमानमा भैरहेको जातीय बर्णश्रम व्यवस्थालाई जोडेर प्रष्ट रूपमा व्याख्या र विश्लेषण गरिदिए पछी बल्ल ती जो जसले आफुलाई कट्टर सनातनी हिन्दुबादी ठान्ने साच्चिकै ३३ करोड देवताहरुको दुत ठान्ने ऋषिमुणी हरुको बिश्वासिलो चेला भन्ठान्ने आरएसएस आतंककारी संघठनका अध्यक्ष मोहन भागवतका विद्यार्थी बाहुनहरु छट्पटिनु थालेका हुन् ।’

उनी थप लेख्छन्– ‘केहि ख्यास्दैनन, यस्ता हिन्दु अराजकता गतिविधिले ६० लाख सिल्पी दलित हरुलाई झनै जाग्ने अवसर मिलेको देखिन्छ ! हिन्दु धर्म भित्र जरा गाडेर बसेको कुसंस्कार कुरिति लाई ढाकछोप गर्नुको खातिर इसाई क्रिश्चियनको मात्रै आरोप लगाएर मात्रै जित्न खोजेर कहा हुन्छ र? हमाल उ आफै पनि इसाई होइनन्, हिन्दु हुन् र अर्को कुरो हिन्दुको कुसंस्कार बारेमा भण्डाफोर गर्न इसाई नै हुनुपर्ने भन्ने यो बाहुन हरुको झन् कमजोरी मानसिकता भित्र पर्दछ । हामी प्रकृति पुजक किरात बौद्धमार्गीहरुलाई समेत हिन्दुवादलाई ठिक मानिरहेका छैनौं त । अब चेपारोमा परिसक्यो हिन्दुवाद कट्टर हिन्दुबादी बाहुनहरु झुन्डिएर मर्न पनि सक्छन् ।’

विवादका विषयमा हमालले भने कुनै पनि प्रतिक्रया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्