विद्युतीय गाडीको कारखाना स्थापना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको  घोषणा



काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबारबाट काठमाडौंमा सूरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभाको  उद्घाटन गर्दै उनले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्योगीहरुलाई आग्रह गरे ।

उनले मुलुकमा  खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको स्पष्ट पारे ।

कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराईन् । अध्यक्ष राणाले उद्योगहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि राज्यले उद्योगीहरुको सम्मान  नगरेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्