जनताले महसुस गर्नेगरी सरकारले काम गर्नुपर्छ : प्रचण्ड



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएबा छन् ।

बिहीबार काठमाडौंमा नेपाल दूर संचार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले  पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन नसक्ने तर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए  ।

उनले नेपाल टेलिकमको कार्य क्षमता वृद्धि गर्न त्यहाँका कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पूरानै शैली र योजना अनुसार काम गर्ने शैलीमा कर्मचारी तन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढन नसक्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि कामै गरेर देखाउन कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री बास्कोटाले नेपाल टेलिकमको ऐन, कानुनलाई पनि समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्