मुख्यमन्त्री शाहीको पद जोगिने



काठमाडौं : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुमध्ये केहीले निर्णय फिर्ता लिन सहमति जनाएपछि मुख्यमन्त्री शाहीको पद जोगिने भएको हो ।

केन्द्रबाट नेता माधव नेपालले आफ्ना प्रतिनिधि पठाएर विवाद समाधान गर्न पहल गरेका थिए । नेपाल पक्षधरका नेताहरुले हस्ताक्षर फिर्ता गर्ने भएका हुन्। १८ जनाले हस्ताक्षर गरेकोमा सात जना सांसद निर्णय फिर्ता लिन तयार भएका हुन् ।

संसदीय दलका नेता शाहीविरुद्ध गत आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यसैबीच नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मुख्यमन्त्री शाहीविरुद्ध थप कदम नचाल्न सुझाव दिएका छन् ।

उपनेता नेम्वाङले प्रदेश सांसद यामलाल कँडेललाई टेलिफोन सम्पर्क गरी शाहीविरुद्ध कुनै पनि कदम नचाल्न र पार्टीका अध्यक्षद्वय छलफलमा रहेकाले आगामी कदमका लागि निर्णय कुर्न सुझाव दिएका थिए ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।