सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने तयारी अन्तिम चरणमा




काठमाडौं
: सरकारले सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने तयारी गरेको छ ।

नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको र उचाइ घोषणाका लागि कुनै प्राविधिक तयारीको काम बाँकी नरहेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिएका छन् ।

नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो । गत वर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।

नेपालको तर्फबाट काम सकिए पनि दुई पक्षबीच डाटा र सूचनाहरुको आदान–प्रदान, तथा पुनः परीक्षण गर्ने लगायतका काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको सरकारी अधिकारीहरुले बताएका छन् । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हो ।

तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको थियो ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्