बाटो खनेको हेर्दै गर्दा रुखले च्यापेर ज्यान गयो



नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको तलाखुमा स्काभेटरले बाटो खनेको हेर्दा स्थानीय एक युवकको ज्यान गएको छ।

सदरमकुाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-१ तलाखुमा जेसिबि स्काभेटरले बाटो खनेको हेर्ने क्रममा रुखले च्यापेर ३७ वर्षीय सानुकान्छा तामाङको मृत्यु भएको जिल्ला प्रह्री कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। 

बाटो खनेको हेरिरहेका बेला ढलेको रुखले च्यापी गम्भीर घाइते  तामाङलाई उपचारका लागि काठमाडौ लैजादै गर्दा  बुधबार राति बाटोमै मृत्यु भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्