
कैलाली : सुदूरपश्चिम प्रदेश सरकार र बझाङको बित्थडचिर गाउँपालिको संयुक्त आयोजनामा गरिब, विपन्न र दलित महिलाहरूका लागि गाउँपालिकामै लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ।
अप्राविधिक प्रशासन सेवातर्फ राजपत्रांकित द्धितिय खरिदार र राजपत्रांकित प्रथम नायब सुब्बाको लोकसेवा तयारी कक्षा बित्थचिर गाउँपालिकामै दिइने लागिएको हो।
जिल्लाका विभिन्न स्थानीयतहमा कार्यरत उप–सचिव, अधिकृत र दक्ष सुब्वा खरिदारबाट तीन महिनासम्म कक्षा सञ्चालन गरिने बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले जानकारी दिए। शैक्षिक योग्यता, उमेर र प्रमाणपत्रको आधारमा छनौट् भएका सहभागीहरूको कक्षा वैशाख १५ देखि सञ्चालन हुने प्रवक्ता धामीले बताए।
स्थानीय तहमा बढ्दो बेरोजगारी समस्यासँगै समाजमा पछि पारिएका सिमान्तकृत महिलाहरूको सरकारी सेवामा सहभागिता बढाउँन् गाउँपालिका स्तरमै लोकसेवा तयारी कक्षा सञ्चालन गरिन लागिएको बित्थडचिर गाउँपालिका अध्यक्ष प्रेम बोहराले बताए।