हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध



हुम्ला : हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।

धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिए ।

पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ । मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा

पोखरा : पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ

मेलबर्न : अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन बुधबारदेखि अन्त्य गरिएको

वीरगञ्ज : बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी