के गर्व गर्नु महिला राष्ट्रपति, जब हजारौं महिलाले सहनुपर्छ दुष्ट पति !



काठमाडौं– पछिल्लो समय देशभर बलात्कारको घटना बढि रहेको र सरकारले बलात्कार न्यूनीकरण गर्नको लागि कुनै पनि ठोस कदम नचालेको भन्दै देशभर प्रदर्शन भइरहेको छ ।

काठमाडौंबाट शुरु भएको प्रदर्शनले देश व्यापी रुप लिएको छ । आज मंगलबार भरतपुरको चौविसकोठीमा महिला सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको छ । स्वस्फूर्त रुपमा उनीहरू प्रदर्शनमा आएका हुन् । करिब २ सय जना सहभागी थिए ।

गृहमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै, के गर्व गर्नु महिला राष्ट्रपति जब हजारौं महिलाले सहनुपर्छ दुष्ट पति, बलात्कारी र हत्यारालाई संरक्षण किन?, निर्दोषलाई यातना, दोषीलाई उन् मुक्ति, सरकार देखाउ इच्छा खै त महिला सुरक्षा?, भन्ने प्ले कार्डसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

महिला सुरक्षामा सरकारले केही पनि गर्न नसकेको निष्कर्ष उनीहरूको रहेको छ । बलात्कारीलाई फाँसी नै हुनु पर्छ भन्ने आवाज चौतर्फी उठेको छ ।

प्रतिक्रिया दिनुहोस्