
काठमाडाैं : पार्टी एकीकरणको चार महिनापछि नेकपाले बल्ल नेताहरुको कार्यविभाजनको तयारी गरेको छ । एकतापछि झन्डै साढे चार सय केन्द्रीय सदस्य रहे पनि जिम्मेवारी दिइएको थिएन ।
सचिवालयको बिहीबारको बैठकले कार्य विभाजन प्रस्ताव तयारी गर्न कार्यदल बनाएको हो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै बिहीबारको सचिवालय प्रदेश समिति सदस्य छनोटको मापदण्ड सम्बन्धित प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि माहासचिव पौडेल र थापालाई नै दिइएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।