आईफोन १२ सिरिजमा रिलिज, यस्ता छन् फिचर र मूल्य



काठमाडौं– एप्पलले आईफोन १२ सिरिज अन्तर्गत आईफोन १२ र आईफोन १२ मिनी सार्वजनिक गरेको छ ।

एप्पलले आईफोन १२ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन १२ लाई अघि सारेको छ । यो फोनको मूल्य ६९९ डलरदेखि शुरु हुने जनाइएको छ । त्यसैगरी आईफोन १२ को मूल्य ७९९ डलरबाट शुरु हुनेछ ।

एप्पलले आईफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आईफोन १२ मिनी (६४, १२८ तथा २५६ जीबी स्टोरेज) का अतिरिक्त आईफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज) तथा आईफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी) लञ्च गरेको हो ।

आईफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर, आईफोन १२ को मूल्य ७९९ अमेरिकी डलर, आईफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर र आईफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ । यी मोडलमा स्टोरेज क्षमताको आधारमा मूल्य बढ्ने छ ।

आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेको छ भने आईफोन ट्वेल्भ मिनीमा ५.४ इन्च स्क्रिन रहेको छ ।आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन् । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच कलर अप्सनमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्