भारतमा वर्षाले ११ जनाको मृत्यु, थुप्रै इलाका जलमग्न



नयाँदिल्ली : भारतको हैदराबादको थुप्रै भागमा परेको अविरल वर्षाका कारण ११ जनाको मृत्यु भएको छ । तीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो ।

सडक जलमग्न छ र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न रहेको छ । हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जानकारी दिएका छन् । अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ ।

भारी वर्षाका कारण हिजो (मंगलबार) इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो । तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि वर्षाले मानिसहरुको जीवन अस्तव्यस्त छ । हैदराबादका इलाकाहरु जलमग्न भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्