मूल्यवृद्धि नियन्त्रण्का लागि निरन्तर अनुगमन



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि भएनभएको निरन्तर अनुगमा गर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताए । लामो समय लकडाउन भएपछि खुलेको बजारमा खाद्यान्नलगायत दैनिक प्रयोगमा आउने वस्तुमा महँगी नियन्त्रण गर्न सरकारले निरन्तर बजार अनुगमन गरिरहेको बताए ।

विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेर मूल्य वृद्धि हुनु स्वभाविक भएको उनको भनाइ छ । अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको मन्त्री भट्टको दाबी छ । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएकोले कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार संचालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको छ भनेका छन् ।

समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको क्षमता र दक्षता अभिवृद्धि गर्ने तथा खुला अर्थतन्त्रको विकासमा निजी क्षेत्रको तर्फबाट महत्वपूर्ण योगदान दिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । विश्वव्यापी बजारमा नेपाली व्यवसायीहरुको उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग एवं सहजीकरण गर्न चेम्बर लागेको उनले बताए ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्