कर्णाली विवादबारे ओली-प्रचण्डबीच छलफल जारी



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि छलफल जारी छ ।

दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा नयाँ विवादको विजारोपण भएको छ ।

हिजो (मंगलवार) दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहीसहित उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएको छ । उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको हो ।

विवाद छलफलका लागि प्रचण्ड ९ः १५ तिर बालुवाटार पुगेका छन् । कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली-प्रचण्डबीचको नियमित छलफलको एजेण्डा ओझेलमा छ । गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो ।

एकताका बाँकी काम सम्पन्न गर्न अध्यक्षद्वयलाई ठोस कार्ययोजना ल्याउन कठिन भएको छ । असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो । त्यो समय गुज्रिसकेको छ । उता, मन्त्रिपरिषद पुनर्गठन गर्ने विषय पनि अनिश्चित छ ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्