सांसद सानु पहाडीको निधन



काठमाडौं : आज नेकपाकी सांसद सानु शिवा पहाडीको निधन भएको छ ।

नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको आज बिहान निधन भएको हो । उनी मिर्गौला रोगबाट पीडित रहेकी थिइन् ।

केही वर्ष अघि मिर्गौलाको उपचार गराएकी उनको आज काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुः ख व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनको निधनमा दुः ख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले भनेका छन्,‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुः ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्