वैदेशिक राेजगारीमा जानेकाे श्रम स्वीकृति अब प्रदेशबाटै



काठमाडौं : सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएकाे छ ।  

 

यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए ।

 

‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्