ओली-प्रचण्ड छलफल निष्कर्षविहिन



काठमाडौं : पार्टी कर्णाली संसदीय दलमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका छन् ।

बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

उनका अनुसार कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।

अध्यक्षहरु बसेर छलफल गर्ने कार्यसूची रहेकोले छलफलपछि मात्र समस्या किनारा लाग्ने नेकपा उच्च स्रोतको भनाइ छ ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्