मापसे गरी प्रहरीमाथि हातपात गर्ने पक्राउ



काठमाडौं : भक्तपुरमा प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन् ।

हिजो (मंगलबार) राति भक्तपुर नगरपालिका ९ ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय विक्रम लिम्बू हुन् । लिम्बूले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेका थिए । प्रहरीले उनको बा ८७ प ३९७२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्