कञ्चनपुरमा गाडेको अवस्थामा शव फेला



बञ्चनपुरः कञ्चनपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं.८ को गौडी खोलाको डिलमा गाडेको अवस्थामा ३५ वर्षीया लक्ष्मी भनिने कलावतीदेवी खुनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले आज बिहान उनको शव फेला परेको जानकारी दिए । मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि उनका देवर २६ वर्षीय मानसिंह खुनालाई पक्राउ गरिएको र शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । रासस

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्