काठमाडौँ महानगरमा गुड्लान् त रात्रिकालीन बस ?



काठमाडौँ : विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ । तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ ।

नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ । बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यवसायिक केन्द्र पनि ठप्प जस्तै हुन्छन् । ठमेल र दरबारमार्गलाई अपबाद छाडेर अन्य ठाउँ ठप्पजस्तै हुन्छ ।

जसले गर्दा काठमाडौँ सहरमा बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन् । जसको कारणले सर्वसाधारण सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन् ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्