विस्मिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्टद्वारा एक परिवारलाई विवाह खर्च प्रदान



जनकपुरधाम : विस्मिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्टले महोत्तरीको एक विपन्न परिवारलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ ।

समाजका परिष्कृत उपाध्यक्ष समशुल राईनद्वारा जिल्लाको बलवा नगरपालिकाकी एक महिलालाई ४० हजार रुपैयाँ सहयोग गरिएको छ ।

समाजका उत्पिडित, गरिब तथा निम्नवर्गीय मजदुर तथा परिवारहरुलाई यस संस्थाले निरन्तर सहयोग गर्दै आएको युवा अभियन्ता कैयुम राईनले जानकारी दिए । पैसाकै कारण कसैको विवाह रोकिने, कसैको विवाह नहुने, कोहि अलपत्र पर्ने तथा पहुँच योग्य व्यक्ति नहुँदा पनि आम जनताले दुःख कष्ट व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै संस्थाले आर्थिक सहयोग गरेको राईने बताए ।

संस्थाका समसुल राईनले गरिव तथा बिपन्न परिवारलाई शिक्षा,स्वास्थ्य तथा वातावरणको त्रिकोणात्मक संगममा जोड्ने र आम युवालाई केन्द्रमा राखेर यस्ता सहयोग गर्ने क्रम निरन्तर जारी रहने जानकारी दिए ।

संस्थाका संस्थापक तथा अध्यक्ष साबिर कवारीले आफ्नो जन्मभुमि छाडी खाडी मुलुकमा दुःख कष्ट गरि ५६ डिग्रीको घाममा पसिना बगाउने नेपालीको आर्थिक सहयोगबाट आफुहरुले यस्ता कार्य गरिरहेको जानकारी दिए । उनले भने,’समाजका विभिन्न समस्या समाधान गर्न आफ्नोे पकेट खर्च जम्मा गरेका विभिन्न देशमा रहेका नेपालीहरुको पैसाको सदुपयोग गरिब तथा विपन्नको पीडालाई कम गर्न प्रयोग गरिरहेका छौं ।’

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्