स्याङ्जा प्रवेशमा कडाइ : पीसीआर रिपोर्ट अनिवार्य



स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङजाले जिल्ला प्रवेशमा कडाई गरेको छ। प्रशासनले सूचना जारी गर्दै उच्च जोखिम भएका स्थानबाट जिल्ला आउँदा ७२ घण्टा अवधिको रिपोर्ट साथमा हुनुपर्ने अन्यथा अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ।

दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गर्दा आगमन बढ्दा कोरोना भाइरस संक्रमण पनि बढ्नसक्ने जोखिम देखिएकाले जिल्ला प्रवेशमै कडाइ गरेको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताएका छन् ।सूचनामा जिल्लाभर कात्तिक १ गतेदेखि यो नियम कार्यान्वयनमा ल्याइने जनाइएको छ।

2077_06_28_notice.jpg
प्रतिक्रिया दिनुहोस्