नेविसंघ महाधिवेशन कात्तिक १६ मा नहुने निश्चित



काठमाडौं : नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन दोस्रोपटक पनि तोकिएको समयमा नहुने निश्चित भएको छ ।

 

माउ पार्टी कांग्रेसले विधान पारित नगर्दा सो समयमा पनि महाधिवेशन नहुने निश्चित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

 

नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले पहिलोपटक २३, २४ र २५ साउनमा र  त्यसवेला हुन नसकेपछि १६, १७ र १८ कात्तिकका लागि १२औँ महाधिवेशन गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्