प्रदेश १ का ११ पालिकालाई दमकल र प्रहरी भ्यान हस्तान्तरण



काठमाडौं : प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज उपलव्ध गराएको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरे । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक(एक वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए । मन्त्रालयले केही महिनाभित्रै ती सेवा केन्द्रका लागि थप एक÷एक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको संयोजक खनालले बताए ।

मुख्यमन्त्री राईले सङ्घीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए । उनले कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरुका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्नु हुँदै सङ्घीयताका कारण जनतालाई उनीहरुको अधिकार विनियोजन गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले जस्तोसुकै विपद्मा सरकार जनताको साथमा छ भन्ने विश्वास दिलाउनु पर्ने उल्लेख गर्दै प्रदान गरिएका साधन स्रोत जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे । उनले प्रदेश सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा उपलब्ध साधनले महत्वपूर्ण योगदान पर्‍याउने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताका हितमा साधनको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गर्दै जनताका बस्तीको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले एकीकृत सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रबन्ध गर्ने र व्यवस्थापनका लागि प्रत्येक एकाइलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने जानकारी दिए ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नमूना कार्यविधि तयार पारिरहेको बताए । प्रदेशका १४ मध्ये ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुबाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो ।

उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउँपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदीम नगरपालिकालाई साधन हस्तान्तरण गरिएको हो ।

एकीकृत सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरीअन्तर्गतको स्थानीय युनिटले परिचालन गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।