पर्वत प्रवेशमा कडाइ : १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने



पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले दशै‌ं मनाउन बाहिरी जिल्लाबाट घर फर्कनेहरूलाई कडाई गरेको छ। प्रशासनले सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्न आग्रह गरेको हो ।

यस्तै दशैं, तिहार लगायतको चाडपर्वका अवसरमा भोजभतेर गर्ने, जुवा तास खेल्ने जस्ता मानिसको भीड हुने काम नगर्न पनि सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्