एक्कासि मुर्छा परेर वडाध्यक्ष मडैको निधन



बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ ।

उनको बिहीवार ७० वर्षको उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो ।’

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन् । वडाध्यक्ष मडैको ३–४ दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

उनले भने, ‘शव परिवारको जिम्मा लगाइसकिएकोे छ, परिवार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।’

मडै तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्