सार्कमा कोरोना : नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून



सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ ।

सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ ।

वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ ।

यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको छ । भुटानमा कोरोनाबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । तथ्यांकअनुसार भारतमा ७३ लाख ९ हजार १ सय ६४, पाकिस्तानमा ३ लाख २१ हजार २ सय १८, अफगानस्तानमा ४० हजार २६, श्रीलंकामा ५ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, माल्दिभ्समा ११ हजार ६२, भुटानमा ३ सय १६, बंगलादेशमा ३ लाख ८४ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । यस्तै संक्रणमणमुक्त हुने दरमा नेपाल निकै पछाडि रहेको छ । सबैभन्दा धेरै पाकिस्तानमा ९५ दशमलव ०७ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, भुटानमा ९३ दशमलव ०३ प्रतिशत, माल्दिभ्समा ८९ दशमलव ३१ प्रतिशत, भारतमा ८७ दशमलव ३३ प्रतिशत, नेपालमा शून्य दशमलव ५७ प्रतिशत र श्रीलंकामा ६४ दशमलव ७६ प्रतिशत कोरोनामुक्त भएका छन् ।

नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

बिहीबार ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रबार थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा संक्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्