मेलम्ची नगरपालिकाको कर्मचारी पदपुर्तिमा भ्रष्टाचार !



मेलम्ची नगरपालिकाले स्वास्थ्यकर्मी नियुक्तीमा मनपरी गरेको खुलासा भएको छ । नगरपालिकाले भदौ २३ गते हेल्थ असिस्टेन्ट, अहेव र अनमी पदका लागि करार पदपुर्ति गर्ने भन्दै प्रकाशन गरेको विज्ञापनको पदपुर्तिमा नियम विपरीत आफुखुसी छनोट प्रक्रिया अघि बढाएको देखिएको हो ।

पाँच जना हेल्थ असिस्टेन्ट माग गरिएकोमा २० जनाले आवेदन दिएका थिए । तर नगर प्रमुख र उप प्रमुखका नजिकका मानिस नियुक्त गर्न केहीलाई मात्र परिक्षामा बोलाइएको परिक्षामा सामेल नगराएका परिक्षार्थीले आरोप लगाएका छन् । सोमबार नगरपालिकाले प्रकाशन गरेको अन्तिम नतिजामा अधिकाशं वस्तुगत प्रश्न मिलाएका परिक्षार्थीको नाम नअटाएपछि नगरपालिकाले गरेको पदपुर्ति प्रक्रियामा शंका उत्पन्न भएको छ ।

नगरपालिको करारमा प्राविधि ककर्मचारी पदपुर्ति सम्बन्धी कार्यविधि लत्याउँदै पदपुर्ति समितिले शैक्षिक योग्यता, अनुभव आदिको आधारमा परिक्षार्थीलाई दिनुपर्ने अंकमा मनोमानी गरी प्रभाव र दबाबको आधारमा अन्तिम नतिजा निकालेको भन्दै असन्तुष्ट परिक्षार्थीहरुले बिहिबार नगरपालिकामा उजुरी समेत दिएका छन् ।

नगर प्रमुखकै संग्लग्नतामा अनियमितता भएको र नगर प्रमुखबाट निस्पक्ष छानबिन हुनेमा आशंका रहेको भन्दै असन्तुष्ट परिक्षार्थीहरुले त्यसको वोद्यार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिएको बताएका छन् ।

‘परिक्षामा सोधिएका अधिकांश वस्तुगत प्रश्नको सही उत्तर लेखेर आएको थिएँ, अन्र्तवार्ता पनि राम्रै भएको थियो तर आफुभन्दा कम अनुभवी र कम शैक्षिक योग्यत ाभएको व्याक्तिको नाम सिरानमा देखेर छक्क परेको छु’ परिक्षामा सामेल भएका एक परिक्षार्थीले बताए । नगरपालिकाले लिखित नतिजा प्रकाशन परिक्षार्थीको लिखित प्राप्तांकमा नभइ वर्णानुक्रम अनुसार निकालेको थियो ।

परिक्षामा सामेल परिक्षार्थीहरुले नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल र उप प्रमुख भगवती नेपालले आफ्नो नजिकका मान्छे राख्नलाई मात्रै परिक्षाको प्रक्रियाको औपचारिकता गरेको आरोप लगाएका छन् । ‘आफ्ना नातागोता र नजिकका मान्छे राख्नलाई हाम्रो बौद्धिक अपमान गरियो, यस्तो थाहाभएको भएहामी परिक्षादिन नै आउँदैनथ्यौं’परिक्षामा सहभागी एक परिक्षार्थीले बताए ।

मेलम्ची नगरपालिकाका प्रमुखको गतिविधीले नगरवासी निराश बनेको र नगरपालिकाप्रतिको जनविश्वास घट्दै गएकोमा नगर प्रमुखकै पार्टी नेकपाका नेता तथा कार्यकर्ता समेत चिन्तित बनेका छन् । यसअघि केही समयअघि नगरपालिकाकै कार्यालयभित्र मदिरा पार्टी चलेको भिडियो सार्वजनिकभएको थियो । त्यसको चर्को विरोध भएपछि नगरपालिकाले ढाकछोप गर्दै विज्ञप्ती निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्