
काठमाडाैँं : नेपालले आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत पहिलो खेलमा आज सिंगापुरसँग खेल्दै छ ।
नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । पछिल्ला चार खेलमा नेपालले सिंगापुरलाई हराएको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्ष स्थानमा रहने टोलीले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्व कप क्रिकेट खेल्ने छ ।