आसमान वचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न



जनकपुरधाम : जनकपुरधामस्थित आसमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेश कुमार साहको अध्यक्षतामा आज (शुक्रवार) साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभामा अध्यक्ष साहले संस्थाको प्रगति विवरणका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १ लाख २५ हजार शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्थाको शेयर पुँजी अहिले ५१ लाख २४ हजार पुगेको छ । आर्थिक वर्ष २०७६÷२०७७ मा संस्थाको निक्षेप ५२ लाख ४१ हजार र ऋण लगानी ७१ लाख ५९ हजार २ सय रहेको अध्यक्ष साहले बताए । 

No description available.

साधारण सभामा प्रमुख अतिथिको आसनबाट जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहले सहकारीले समाजलाई आर्थिक रूपमा सम्म नत बनाउन सहयोग पुराइरहेकोमा प्रशंसा गरे । कार्यक्रममा प्रमुख अतिथिका साथै वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्