नवलपरासीः हत्या अभियोगमा प्रहरीले तीन जनालाई गरे पक्राउ



नवलपरासीः पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो ।

सहानीको परिवारजनले इलाका प्रहरी कार्यालयमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्